निर्वाचनमा माधव नेपालको पार्टीको तीन सिट ल्याउने हुति छैनः ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपालले तीन सीट पनि नल्याउने दावी गरेका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिए। उनले भने, ‘माधव नेपाल र उनी नेतृत्वको पार्टी २२/२३ सिट ल्याउने हुति भएको पार्टी हो ? अब तीन सिट ल्याएर देखाउन्त । पार्टीभित्रको कुरा दिइयो खुरु खुरु साथीहरुलाई । अहिले त जसले दौडेर भित्तो छुन्छ त्यो मन्त्री भन्ने प्रतिष्पर्धा पो भयो त । प्रचण्डको ५४/५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन । ‘
एमालेले हरेक क्षेत्र सुक्ष्म तरिकाले हेरिरहेको बताए। ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय छन् । स्वास्थ्य शिक्षाको हव हुनुपर्छ नेपाल ,’उनले भने,’ विश्व हेल्थका निमित्त मोडेल हस्पिटल हुनुपर्छ ।’ भ्रष्टाचार गर्नेहरुले नै वाइडबडीको कुरा गर्ने गरेको उनले बताए । भ्रष्टहरुले नै सदाचारको कुरा उठाएको ओलीको भनाइ छ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...