ताजा समाचार

स्पष्टीकरण चित्त नबुझेको भन्दै काउन्सिलले बयान दिन बोलायो ऋषि धमलालाई

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ।

चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।

धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो।

नेपाल बार एसोसियनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहितको सहमतिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउने निर्णय गरेको हो।

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। धमलाले ‘जनतालाई छिटो समाचार दिँदा गल्ती भएको’ स्पष्टीकरणमा उल्लेख गरेका छन्।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org