ताजा समाचार

‘गभर्नर प्रकरणमा हाम्रो कहिँकतै संलग्नता छैन’: चाैधरी ग्रुप

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदमुक्तिका लागि सरकारले सुरु गरेको न्यायिक छानबिनमा आफूसँग जोडेर अतिरञ्जित प्रचार भएको भन्दै चौधरी ग्रुपले आपत्ति जनाएको छ ।

उसले यी तर्कहरू निराधार भएको भन्दै त्यसका पछि नलाग्न आग्रह गरेको छ ।

चौधरी ग्रुपले यस बारेमा सचेत रहेर समाचार सम्प्रेषण गर्न पनि ध्यानाकर्षण गराइरहेको छ । ‘हाम्रो बारेमा समाचार सम्प्रेषण गर्दा हामीलाई पनि आफ्ना कुरा राख्ने अवसर दिनुहोला भन्ने आग्रह गर्दछौँ,’ चौधरी ग्रुपले भनेको छ ।

चौधरी ग्रुपले पारदर्शी रूपमा व्यवसाय गरिरहेको भन्दै सरकारी संस्थाहरूप्रति सधैं सम्मान रहेको बताएको छ । ‘अर्थमन्त्री र गभर्नरप्रति हाम्रो न कुनै टिप्पणी छ न त कुनै गुनासो नै,’ चौधरी ग्रुपले भनेको छ, ‘त्यसैले यस प्रकरणमा हामीलाई अनावस्यक विवादमा तान्ने कोशिस जो जसले गरेका छन्, हामी खेद प्रकट गर्दछौँ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org