कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
सुर्खेत । कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ ।
सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए ।
छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए ।
कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए ।
कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...