ताजा समाचार

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुन लागेको छ । काँग्रेसले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम समेत टुग्यांइसकेको छ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org