ताजा समाचार

नेकपा एसले खोल्यो खाता, दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले डोल्पाका दुई पालिका अध्यक्षसहित एक उपाध्यक्ष निर्विरोध जितेको छ ।

वैशाख ३० गते तय भएको निर्वाचनमा मतदान नै नगरी ती पालिका अध्यक्ष र उपाध्यक्षमा अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध भएका हुन् ।

काईके गाउँपालिका अध्यक्षमा अङ्गत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ विजयी भएका हुन् यस्तै, डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा पेमा दोर्जेस र ६ वटा वडामा वडाको सेट नै विजयी भएको समाजवादीका उपमहासचिव डा. विजय पौडेलले बताए ।

डोल्पामा एमालेबाट विजयी यी दुई गाउँपालिकाका अध्यक्ष वैशाख ६ मा एकीकृत समाजवादी केन्द्रमा प्रवेश गरेका थिए ।

मनोनयन प्रक्रिया अझै पनि चलिरहेकाले निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गरेको छैन ।

मनोनयनपछि उम्मेदवारीमा दाबी विरोधसहितका प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरु निर्वाचित भएको कानुनी रुपमा टुंगो हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org