अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमिति सदस्य थप
काठमाडाैंं । नेपाली कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ ।
कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेको संयोजकत्वमा रहेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा शनिबार सदस्य थप गरेको हो ।
कांग्रेसले सुमना तिमिल्सिना धनकुटा, हरिदर्शन श्रेष्ठ दोलखा, सुनिल पोखरेल सप्तरी, विश्वदीप लिङ्देन झापा, अनिता यादव धनुषा, डा नारायणविक्रम थापा काठमाडौँ, बिर्ख रावल कैलाली, अनिता शर्मा नवलपरासी, डा महेन्द्रकुमार मल्ल सुर्खेत, विपीन अधिकारी तनहुँ, विकासकुमार रोका ललितपुर, डा लालबहादुर पुन बागलुङ, पेम्वा शेर्पा भोजपुर, नवीन श्रेष्ठ गोरखा, डा कृष्णप्रसाद पौडेल कास्की र सङ्गीता फुँयाल भक्तपुर रहनुभएको छ ।
यसैगरी होम विश्वकर्मा ओखलढुङगा, सञ्जय यादव सिरहा, जयराम दाहाल नुवाकोट, डा सुरज काफ्ले काठमाडौँ, विजय सम्वाहाम्फे लिम्बू तेह्रथुम, धर्मेन्द्रकाजी श्रेष्ठ गोरखा, अइन्द्र केरुङ झापा, लक्ष्मण पन्थी अर्घाखाँची, महेश नेपाली काठमाडौँ, सानुबाबु महर्जन ललितपुर र ई. भुवन भट्ट डडेल्धुरालाई सदस्य थप गरिएको छ ।
यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य पौडेलको संयोजकत्वमा अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति गठन गरेका थिए ।
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...