ताजा समाचार

कनकासुन्दरीमा बिरामी बाेकेको एम्बुलेन्स दुर्घटनामा, तीन जना घाइते

काठमाडाै । जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ ।  जुम्ला जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको  एम्बुलेन्सकाे  दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हाे ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हाे  । एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल खसेको प्रहरी निरीक्षक भट्टले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org