नेप्सेको ओरालो यात्रा कायमै
काठमाडाैं । हाल ‘वियरिस ट्रेन्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर दुई हजार ६५.८२ अङ्कमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अंकमा ओर्लिएको छ ।
नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ । कूल २२८ कम्पनीको ४४ लाख नौ हजार ६९१ कित्ता शेयर रु एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ भने सात उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ १९.०४, व्यापार ०.१२, होटल तथा पर्यटन १.२४, जलविद्युत् ४.९९, निर्जीवन बीमा ४९.५४, जीवन बीमा १९८.३२ र लगानी ०.२१ अङ्कले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक ११.९३, वित्त ३.३, उत्पादन २१.०९, अन्य १.५९, लघुवित्त २२.६ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४१ अर्ब १४ करोड १३ लाख १७ हजार ६१९ बराबर पुगेको छ । कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड २४ लाख ७७ हजार ३८७ बराबरको कारोबार भयो ।
त्यस्तै, एनआइसी एशिया बैंक रु ६ करोड ७६ लाख ९४ हजार ६४१, नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ६१ लाख ९१ हजार ९११, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९० लाख २३ हजार १९० र हिमालयन डिस्टिलरी रु तीन करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, नारायणी डेभलपमेन्ट बैंक ६.४७, मिथिला लघुवित्त ४.३७ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ३.९० प्रतिशतले कमाए । त्यस्तै, हिमालयन बैंक ९.९९, माहुली लघुवित्त ७.६६, नेपाल लाइफ इन्स्योरेन्स ३.९२, मनकामना स्मार्ट लघुवित्त ३.९२ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाए ।
Comments
अरु समाचार
-
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय...
-
नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई...
-
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन्। तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी...
-
सुरू भयो तेस्रो लगानी सम्मेलन, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
काठमाडाैँ । तेस्रो लगानी सम्मेलन काठमाडौंमा शुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको काठमाडौंको सोल्टी होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
-
आजदेखि सुरू हुने लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी हुने
काठमाण्डौ । आज (आइतवार)देखि शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
काठमाडाैँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा...
-
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५००...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...