श्वेतगंगा हाइड्रोपावरको आईपीओ भर्ने सोमबार अन्तिम दिन
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन आज (६ असार) अन्तिम दिन रहेको छ ।
कम्पनीले २३ जेठदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुंगा जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख ९३ हजार कित्ता आईपीओ जारी गरेको हो ।
आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलबाट आवेदन दिन सकिनेछ । साथै स्थानीय तहको बासिन्दा प्रमाणित हुने परिचयपत्रसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीका अनुसार पहिलो चरणमा कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले कुल जारी गर्ने १५ लाख ९३ हजार कित्तामध्ये कुल सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासन गरिएको छ ।
यस्तै, २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि निष्कासन गरिएको छ । बाँकी ५ प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाकोे वडा नम्बर १, २ र ३ का स्थानीयका लागि बाँडफाँड गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)
विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी...