ताजा समाचार

पानोरमा टेलिभिजनको साधारण सभा सम्पन्न, सेयरधनी सम्मानित

काठमाडाैं । पानोरमा टेलिभिजनले प्रथम साधारण सभा सम्पन्न गरेको छ । सोलिडारिटि मिडियाबाट संचालित पानोरमा टेलिभिजनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्पन्न उक्त साधारणसभामा विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने टेलिभिजनका सेयरधनीहरुलाई सम्मानसमेत गरिएको छ ।

सम्मानित हुने सेयरधनीहरुमा नेशनल प्याब्सनमा सह अध्यक्ष निर्वाचित भएका सुवाश न्यौपाने, प्याब्सनमा केन्द्रिय उपाध्यक्ष निर्वाचित हुनुभएका थकिन कुमार गुरुङ, हिसानका केन्द्रिय सचिव निर्वाचित भएका डा. ऋषि तिवारी, ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचित निरोज महर्जन, रजत महोत्सब मनाउन सफल काञ्जिरोवा स्कुलका प्रमुखसमेत रहेका महेन्द्र खनाल तथा रोटरी क्लव अफ महाबौद्धको सन् २०२२/२३ को लागि अध्यक्ष निर्वाचित वत्स शाक्यलाई कदर पत्र प्रदान गरिएको हो ।

उहाँहरुलाई टेलिभिजनका बोर्ड सदस्य तथा प्याब्सनका पूर्व अध्यक्ष विजय सम्बाहाम्फेले कदर पत्र हस्तान्तरण गरेका हुन् ।

साधारण सभामा टेलिभिजनका कार्यकारी अध्यक्ष श्याम तण्डुकारले बार्षिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । कम्पनीले अधिकतम ९९ जनालाई शेयर सदस्य दिने निर्णय समेत साधारण सभावाट पारित गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org