ताजा समाचार

धनुषाको इलेक्ट्रोनिक पसल जल्दा ३० लाखको क्षति

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख बराबरको क्षति क्षति पुगेको छ । महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भइ पूर्ण रुपमा क्षति पुगेको हो । आगलागीका कारण पसलको फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर नष्ट भएका छन् ।

मिथिला नगरपालिका २ का हिरा महतोले सन्चालन गर्दै आएको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको हो । वारुणयन्त्र, प्रहरी र स्थानीयको सक्रियतामा बिहीबार (आज) बिहान ३ बजेतिर मात्र आगो नियन्त्रण गरिएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको घटनासम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org