ताजा समाचार

सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन

काठमाडौं । संसदीय समितिले सिंहदरबारमा रहेको पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । समितिले भवन नभत्काई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीवार बसेको बैठकले सिंहदरबारमा रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको जनाइएको छ । वि.सं. २०१६ सालमा निर्माण भएको उक्त संसद् भवन २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो ।

समितिले भवनको पुनर्निर्माण नगरि पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले जनाउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org