चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन
काठमाडौं । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए । उनका अनुसार गत साउनमा रु ४७ लाख ३४ हजार चार सय ६९, भदौमा रु ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा रु ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म रु १९ लाख ५३ हजार छ सय ३७ राजस्व सङ्कलन भएको हो ।
सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व सङ्कलन हो ।
Comments
अरु समाचार
-
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा सहभागी...
-
सुनको मूल्य हालसम्मकै महँगो
काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा...
-
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर...
-
तिहार अघिको अन्तिम कारोबार दिन नेप्से घट्यो
काठमाडौं । शेयर बजार परिसूचक नेप्से तिहार अघिको अन्तिम कारोबार दिन बुधबार १४.४३ अंकले घटेर २६७७ बिन्दुमा झरेको छ ।...
-
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
काठमाडौं । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ...
-
सुनको मूल्य ‘आकाशीयो’
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आज नयाँ किर्तिमानका साथ आकाशीएको छ । पछिल्लो समय लगातार बढिरहेको सूनको मूल्यले...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
काठमाडौँ: आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल...
-
शेयर बजार परिसूचकमा रौनकता, ४६.६९ अंकले वृद्धी
काठमाडौं । तिहार अघि शेयर बजार परिसूचकमा पुनः रौनकता फर्किएको छ । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले...