केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘यो समयमा हामी अत्यन्त संकटमा छौ । आर्थिक संकट केही हाम्रा सरकारी नीति , कोभिड र अन्तरराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो । तर पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ । यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ ।’ ढकालले यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउनु पर्नेमा जोड दिनु भएको छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो ।’ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार भएको र यसका लागि भने वातावरण बताउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदबार योग्य र सक्षम रहेको उल्लेख गर्दै सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘बरु तीन बर्षबाट दुई बर्षे कार्यकाल बनाआौ । तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ ।’ ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक फरक प्रदेशमा राख्ने जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












