ताजा समाचार

यसवर्षको वसन्त ऋतुमा अहिलेसम्मकै धेरै सगरमाथा आरोही

काठमाडौं । सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले यस वर्ष अनुमति लिएका छन् । सगरमाथामा हिजो बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका छन् । यो यस वर्षको वसन्त ऋतुमा अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागले जनाएको छ ।

यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए । कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसाय लयमा फर्कँदै गर्दा पर्वतारोहणसम्बन्धी व्यवसायले भने इतिहासकै ुरेकर्डु तोड्दै उत्साहित बनाएको विभागका कर्मचारलिे जनाएका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणको अनुमतिबापत मात्रै ६५ करोड तीन लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । अनुमति लिएकामध्ये नेपालका १२ जना र बाँकी विदेशी नागरिक हुन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ । यस्तै नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org