व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभएको छ । साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उहाँले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लाग्ने बताउनुभएको हो ।
‘राष्ट्रपति ज्यूले भर्खरै संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले व्यवसायीको समस्या समाधान गर्ने विश्वास मैले लिएको छु, आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ’, उपराष्ट्रपति यादवले भन्नुभयो । व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण व्यवसायी आफ्नो व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले महँगो घरभाडा, चर्को भन्सार दरबन्दी, विविध शीर्षकमा चर्को कर, कच्चापदार्थको अभाव, दक्ष जनशक्तिको अभाव, कारोबारमा मन्दीलगायतले व्यवसायी मारमा परेको बताउनुभयो ।
भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठ, सल्लाहकार सरोज थापा, उपाध्यक्ष सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, महासचिव रत्नबहादुर घिमिरे, कोषाध्यक्ष गणेशकुमार न्यौपाने, सदस्य देवराज कार्कीलगायत महासङ्घका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...