ताजा समाचार

आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल रोमान्चाक हुने अपेक्षा गरिएको छ ।

यसअघि बिहीबार राति भएको सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द यो । गएरातिको खेल टस नै नभई रद्द भएको हो । खेल रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ ।

जारी आईपीएलमा तेस्रो स्थानमा रहेको हैदराबादको १३ खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अङ्क रहेको छ । कोलकाता यसअघि नै १३ खेलमा १९ अङ्कसहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ ।

गुजरात भने यस खेलअघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अङ्क बटुल्दै यस सिजनको खेल सकेको छ । आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org