चलखेलका कारण अख्तियार प्रमुख राईलाई विवादमा मुछेको टिप्पणी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि भुटानी शरणर्थी प्रकरणमा विवाद निकाल्नु उचित नभएको टिप्पणी भएको छ । अख्तियार प्रमुख राईलाई हटाउन चाहने पंक्तिले चलखेल गरेर अनावश्यक विवादमा तानेको पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउनुहुन्छ ।
हाल प्रभावकारीरुपमा काम गरिरहेका अख्तियार प्रमुख राईमाथि प्रमुख बन्न चाहने पंक्तिले विवादमा मुछ्नु स्वार्थको कारण भएको त्रिताललगायतको बुझाइ छ । अख्तियार प्रमुख राईमाथि अहिले भुटानी शरणार्थीको विषयमा जे आरोप लागेको छ, त्यसको सत्यतामाथि नै प्रश्न रहेको पूर्वसचिव त्रितालको ठहर छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा राईलाई अनावश्यक विवादमा तानेर आफू अख्तियार प्रमुख हुन खोज्दै एकदुई जनाले चलखेल गरेको त्रितालको टिप्पणी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले भने ३० जनालाई प्रतिवादी बनाउँदै बुधवार मुद्दा दर्ता गरेकोे छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्धा दर्ता गरेको हो । प्रहरीले पठाएको रायमा सरकारी कीर्ते र एकीकृत कसुर थपेर ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध ५ वटा कसुरमा मुद्दा दर्ता गरिएको बुझिएको छ । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारवाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले केही सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।
यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृहमन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।
एकातिर सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्कातिर केही उच्च पदाधिकारी पनि यस प्रकरणमा विवादमा तानिएका छन् । तर सत्यतालाई ख्याल नगरिकन व्यक्तिगत स्वार्थको आधारमा आफूहरुलाई विवादमा मुछ्न खोजेको उनीहरुको दाबी छ । अख्तियार प्रमुख राईले भने आफूमाथि लागेको आरोपको छानबिन गर्न संसदलाई आग्रह गर्नसक्ने पूर्वसचिव त्रितालको भनाइ छ ।
Comments
अरु समाचार
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
पेट्रोलकाे प्रतिलिटर चार र डिजेलको पाँच रुपैयाँ मूल्य घटाइयो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको...