काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा घट्यो,आजदेखि लागू
काठमाडौं । बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । यद्यपि नयाँ भाडादर आज राजपत्रमा प्रकाशित भएपछि लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । घटेको भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ । अहिले २० रूपैयाँ छ ।मन्त्रालयका प्रवक्ता शंकरराज पाठकका अनुसार भाडा घटाउने निर्णय भएको बताए ।
उनले भने, ‘डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुनेछ ।काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५।९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४।१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५।६९ प्रतिशत भाडा घट्ने छ ।’
पेट्रोलियम पदार्थमको मूल्य तलमाथि हुँदा भाडा पनि समयोजन हुने गरेको छ ।पछिल्लो समय नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । भने नयाँ मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम गरेको थियो । यसअघि नै संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












