प्रधानमन्त्रीको भारत भ्रमण : एमाले महासचिवका ९ सुझाव
काठमाडौँ । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ९ वटा सुझाव दिएका छन।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई ९ वटा सुझाव दिदै राष्ट्रिय शक्तिहरूका बीचमा बलियो समझदारी हुनुपर्ने बताउएसउ हुन ।
यस्तै उनले नेपालको हितका पक्षमा तयारीसहितको स्पष्ट अडान आवश्यक रहेको उल्लेख गरेका छन ।
‘यतिवेला नेपालको प्राथमिकता भारतसँगको विद्युत् व्यापार होइन, नेपालमै विद्युतको खपत वृद्धि गर्ने परियोजनाहरूको विकासको कुरा हो’, उनले लेखेका छन,’ त्यसमा भारतको लगानी र सहयोगमा जोड दिनु राम्रो हुन्छ ।’
महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण भारतको चाहनामा होइन नेपालको राष्ट्रिय हितका विषयमा केन्द्रित हुन सक्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्ड आजदेखि यही जेठ २० गतेसम्मका लागि भारत भ्रमणमा जाँदै छन ।
यस्ता छन् महासचिव पोखरेलका सुझाव:
१ इपिजिको प्रतिवेदनलाई स्वीकार गरी त्यसको कार्यान्वयनको तयारी
२ गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका नयाँ एअर रुटको सुनिश्चितता
३ नयाँ (चुच्चे) नक्सामा आधारित भई सीमा समस्याको समाधानको थालनी
४ डुबान समस्याको समाधानका सन्दर्भमा विगतमा भएको सहमतिको कार्यान्वयन
५ भारतसँगको बढ्दो व्यापार घाटा कम गर्ने सन्दर्भमा ठोस पहल
६ खुला सीमालाई प्रभावकारी रूपमा नियमन गर्ने विषय
७ तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह र मार्गको प्रयोगमा सहजता
८ गङ्गा रिभरवेसिन हुँदै नेपालसम्मको जल यातायातको विकास
९ भारतीय प्रधानमन्त्रीबाट घोषणा गरिएको सहुलियतपूर्ण कर्जाको प्रयोगमा उत्पन्न जटिलताको समाधान ।
Comments
अरु समाचार
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
बझाङ उपनिर्वाचनः मतगणना सुरु
काठमाडौं । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय...
-
जापानी परराष्ट्रमन्त्री कामीकावा नेपाल आउँदै
काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन्। जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा...
-
जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा
काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण...
-
उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
इलाम र बझाङमा आज उपचुनाव: मतदानमा सहभागी हुन आयोगको अपिल
काठमाण्डौ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान...