ताजा समाचार

जनै र धोती लगाएर प्रचण्डले महाकाललाई चढाए- ५१ हजार भेटी र रुद्राक्षका सयवटा माला

काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेका छन्।

बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्री दाहाललाई शुक्रबार उज्जैनमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।

महाकालको पूजा गर्ने क्रममा दाहाल जनै र धोतीमा देखिएका थिए।

महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले सयवटा रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ  चढाएका थिए। ७० वर्ष पुग्न लागेका दाहालको यो जीवनकै पहिलो सार्वजनिक मन्दिर भ्रमण हो।  केही वर्षअगाडि आफ्ना बुबाको निधनमा सुट र छालाको जुत्तासहित चितामा पुगेका प्रचण्ड ‘पार्थिव शरीर’मा लालसलाम’ गरेर फर्किएका थिए।

बिहीबार भारतमा औपचारिक समारोहमा दौरासुरुवालमा देखिएका दाहाललाई बुधबार राति नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरीसँग खासखुस गर्दै ‘केही’ भनेको नजिक रहेकाहरुले सुनेका थिए। नेपालमा आफ्नो कार्यकालमा पुरीले प्रचण्डलाई दौरासुरुवालमा उनी राम्रो देखिने पटकपटक भनेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org