जनै र धोती लगाएर प्रचण्डले महाकाललाई चढाए- ५१ हजार भेटी र रुद्राक्षका सयवटा माला
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेका छन्।
बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्री दाहाललाई शुक्रबार उज्जैनमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।
महाकालको पूजा गर्ने क्रममा दाहाल जनै र धोतीमा देखिएका थिए।
महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले सयवटा रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ चढाएका थिए। ७० वर्ष पुग्न लागेका दाहालको यो जीवनकै पहिलो सार्वजनिक मन्दिर भ्रमण हो। केही वर्षअगाडि आफ्ना बुबाको निधनमा सुट र छालाको जुत्तासहित चितामा पुगेका प्रचण्ड ‘पार्थिव शरीर’मा लालसलाम’ गरेर फर्किएका थिए।
बिहीबार भारतमा औपचारिक समारोहमा दौरासुरुवालमा देखिएका दाहाललाई बुधबार राति नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरीसँग खासखुस गर्दै ‘केही’ भनेको नजिक रहेकाहरुले सुनेका थिए। नेपालमा आफ्नो कार्यकालमा पुरीले प्रचण्डलाई दौरासुरुवालमा उनी राम्रो देखिने पटकपटक भनेका थिए।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...