ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडाैँ । नक्कली भुटानी शरणार्थी मुद्दामा आज मंगलबार अधिवक्ता सुरबहादुर परियार, निर्मला मरासिनी र हीरालाल घोलालको बहस सकियो ।

उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले  थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका  छन् ।जाहेरवालाको तर्फबाट टी ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरे ।

आइतबार महेश खत्री, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले बहस गरेका थिए ।

जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि रेग्मीले जवाफी बहस मात्र गर्ने भएका छन् । सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका छन् । सरकारी वकिल जनक घिमिरेले इजलासमा आएर सो कुराको जानकारी दिए ।

मंगलबारको इजलासमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रतिप्रश्न गरेका छैनन् । मुख्य प्रतिवादी लक्षित बहस आइतबार र सोमबार नै सकिएको छ ।

आजको इजलासमा सरकारी वकिल सुरबहादुर परियारले भने, प्रतिवादीहरू एकले अर्कालाई नचिन्ने बताउनुहुन्छ । तर रकम लेनदेन गर्नुएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org