ताजा समाचार

चीनमा ४ महिना उपचार गरेर फर्के वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्केका छन् ।

नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् ।  उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुगेका थिए ।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।

यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org