ताजा समाचार

कोशी सरकारद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

काठमाडाैँ । कोशी प्रदेश सरकार खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री, प्रदेशसभा सदस्य विदुर कुमार लिन्थेप,नेपाली सेना पृतनापती,शसस्त्र प्रहरीका डिआजीलगाएतको टोलीले कोशी प्रदेशका बाढी पहिरो प्रभावित क्षेत्र संखुवासभा,पाँचथर र ताप्लेजुङको स्थलगत अनुगमन गरेको प्रदेश सभा सदस्य लिन्थेपले न्युज नेपाललाई जानकारी दिए।

संखुवासभामा अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाउदा २० जना बेपत्ता १ जनाको मृत्यु भएको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोसहित ७ वटा हाईड्रोमा पूर्णरूपले क्षति पुर्‍याएको छ र सभाखोला लिफ्टिङ खानेपानी आयोजना पुर्णरुप क्षती भएपछी चैनपुरमा खानेपानी समस्या परेको छ ।

उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा पुर्णक्षति पुर्‍याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका र सप्तकोशीमा पनि उद्दारको लागी टोली अलर्ट रहेको छ ।

त्यस्तै पाँचथरमा १ जनाको मृत्यु, १ जना घाईते र पाँच जना बेपत्ता भएका छन् । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।
पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । ३ वटा हाईड्रो, २४ वटा घरमा क्षती पुर्याएको छ ।

ताप्लेजुङमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्‍याएको छ। मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन्।
ताप्लेजुङमा एक घर बाढी बगाएपछी ओडारमा बसेको हेलिकप्टर मार्फत उद्दार गर्दा प्रतिकुल माैसमका कारण सम्भव नभएपछी आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिने छ ।

कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल १ लाख, घाइतेहरुको उपचारको व्यवस्था गरेको र थप राहतको व्यवस्थापनको तीनवटै सरकारसंग सम्मन्वयन भैरहेको र यथाशिघ्र व्यवस्था हुने प्रदेश सभा संसद लिन्थेपले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org