कोशी सरकारद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
काठमाडाैँ । कोशी प्रदेश सरकार खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।
खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री, प्रदेशसभा सदस्य विदुर कुमार लिन्थेप,नेपाली सेना पृतनापती,शसस्त्र प्रहरीका डिआजीलगाएतको टोलीले कोशी प्रदेशका बाढी पहिरो प्रभावित क्षेत्र संखुवासभा,पाँचथर र ताप्लेजुङको स्थलगत अनुगमन गरेको प्रदेश सभा सदस्य लिन्थेपले न्युज नेपाललाई जानकारी दिए।
संखुवासभामा अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाउदा २० जना बेपत्ता १ जनाको मृत्यु भएको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोसहित ७ वटा हाईड्रोमा पूर्णरूपले क्षति पुर्याएको छ र सभाखोला लिफ्टिङ खानेपानी आयोजना पुर्णरुप क्षती भएपछी चैनपुरमा खानेपानी समस्या परेको छ ।
उनका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा पुर्णक्षति पुर्याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका र सप्तकोशीमा पनि उद्दारको लागी टोली अलर्ट रहेको छ ।
त्यस्तै पाँचथरमा १ जनाको मृत्यु, १ जना घाईते र पाँच जना बेपत्ता भएका छन् । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।
पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । ३ वटा हाईड्रो, २४ वटा घरमा क्षती पुर्याएको छ ।
ताप्लेजुङमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्याएको छ। मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन्।
ताप्लेजुङमा एक घर बाढी बगाएपछी ओडारमा बसेको हेलिकप्टर मार्फत उद्दार गर्दा प्रतिकुल माैसमका कारण सम्भव नभएपछी आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिने छ ।
कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल १ लाख, घाइतेहरुको उपचारको व्यवस्था गरेको र थप राहतको व्यवस्थापनको तीनवटै सरकारसंग सम्मन्वयन भैरहेको र यथाशिघ्र व्यवस्था हुने प्रदेश सभा संसद लिन्थेपले बताए ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...