ताजा समाचार

संखुवासभा बाढी प्रभावित क्षेत्रमा पुगे सांसद लिंथेप

काठमाडाैं । कोशी प्रदेश सभा सदस्य विदुर कुमार लिन्थेप संखुवासभा बाढी पहिराे प्रभावित क्षेत्रमा पुगेका छन्।

प्रदेशसभा सदस्य लिन्थेपले आफ्नो निर्वाचन क्षेत्रका बाढी प्रभावितहरुको अवस्था बुझ्न कोशी सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वोसहितको टोली लिएर हेलिकप्टर मार्फत प्रभावित क्षेत्र संखुवासभा पुगेका हुन ।

शनिबार राती अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाउदा २० जना बेपत्ता १ जनाको मृत्यु भएको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोसहित ७ वटा हाईड्रोमा पूर्णरूपले क्षति पुर्‍याएको छ र सभाखोला लिफ्टिङ खानेपानी आयोजना पुर्णरुप क्षती भएपछी चैनपुरमा खानेपानी समस्या परेको छ ।

पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा पुर्णक्षति पुर्‍याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छ ।

प्रदेश सभा सदस्य लिन्थेपले भनेः कोशी प्रदेश सरकारले बाढीपहिरोबाट मृतकको परिवारलाई तत्काल १ लाख, घाइतेहरुको उपचारको व्यवस्था गरेको र थप राहतको व्यवस्थापनको तीनवटै सरकारसंग सम्मन्वयन भैरहेको र यथाशिघ्र व्यवस्था हुन्छ ।
पहिरोको उच्च जोखिममा रहेका १८ घर परिवारलाई स्थानान्तरण गर्नु पर्ने छ । त्यसका लागी स्थानिय सरकारसंग सम्मन्वयन गरेर व्यवस्थापन हुन्छ ।

वेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यलाई प्रभावकारी बनाउन तिनवटै सुरक्षा निकायलाई निर्देशन गरेको सांसद निंन्थेपले जानकारी दिए ।

साथै  प्रभावित परिवारलाई पुनरस्थापनाको लागी प्रदेश सरकार, केन्द्र सरकारसंग सम्मन्वयन गरेर तत्काल व्यवस्थापन हुने वताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org