ताजा समाचार

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडाैँ । अविरल वर्षाको कारण गएको पहिरोमा फसेका पाँचथरको याङवारक १ फेदीका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि च्याङ्थापु स्थित विष्णु माविको प्राङ्गणमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव निरीक्षक भिमराज थेवे सहितको टोलीले उनीहरुको उद्धार गरेको हो ।

६० वर्षिया नरमाया गुरूङ्, १६ वर्षिय सन्दिप गुरूङ्, ९ वर्षकी हिमा गुरुङ्, ८० वर्षिय वृद्ध कृष्णबहादुर, ६० वर्षिया डिकमाया, ३५ वर्षिय काजुहाङ, ३० वर्षिया
सुनिता, ४३ वर्षिय मनबहादुर गुरूङ्को उद्धार गरिएको हो ।

यसै गरि ४४ वर्षिया मनकुमारी, १६ वर्षिया सुष्मा गुरुङ् सहित,७० वर्षिय पदमबहादुर खालिङ् र ६८ वर्षिया मनमायाँ खालिङ्को समेत उद्धार गरि सुरक्षित स्थानमा ल्याईएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org