ताजा समाचार

साफ च्याम्पियनसिपमा आज नेपालले पाकिस्तानसँग खेल्ने

काठमाडौँ । १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।

भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुने खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

समूहको अन्तिम खेल खेल्न लागेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

समूह ए मा रहेका नेपाल र पाकिस्तान अंक विहीन छन् । तर गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ भने पाकिस्तान पुछारमा छ ।

नेपाल र पाकिस्तान आफ्ना दुवै खेलमा कुवेत र भारतसँग पराजित भएका थिए ।

समूह ए बाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । जारी खेलमा कुवेत ६ अंकका साथ शीर्ष स्थानमा छ भने ६ अंक नै भएको भारत दोस्रो स्थानमा छ ।

समूह ए अन्तर्गत आजै भारत र कुवेत खेल्ने छन् । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org