देवदहमा गरिएको उत्खननबाट प्राचीन संरचनाका भग्नावशेष भेटिए
रुपन्देही । देवदहमा गरिएको उत्खननबाट महत्वपूर्ण प्राचीन संरचनाका भग्नावशेष फेला परेका छन् । उत्खननका क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार कोषको पहलमा गत जेठ १७ गतेदेखि उक्त क्षेत्रको उत्खनन सुरु गरिएको हो । कोषको पहलमा कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोलीले एक महिना लगाएर उत्खनन गरेको हो ।
एक महिनाको उत्खननबाट महत्वपूर्ण उपलब्धि प्राप्त भएको र उत्खननलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘यस वर्ष वर्षा सुरु भएकाले उत्खनन कार्य स्थगित गरेका छौँ’, भट्टराईले भने, ‘अर्को वर्ष उत्खननलाई निरन्तरता दिन्छौँ ।’ यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो ।
देवदह नगरपालिका–९ घोडाहास्थित खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयवासीले आवाज उठाउँदै आएका थिए । उत्खननको नेतृत्व गरेका पुरातत्वविद् उप्रेतीले अहिलेको उत्खननबाट प्राचीन भवनको संरचना, इनार र पुराना माटोका भाँडाका टुक्रा, माटोको दीयो जस्ता वस्तु फेला गरेको बताए । यसपटकको उत्खननबाट फेला परेका संरचना र बस्तुको प्रारम्भिक अध्ययनबाट ती संरचना र वस्तु तत्कालीन समयमा धार्मिक प्रयोजनका लागि बनाइएको पाइएको उनको भनाइ छ ।
‘भवनको संरचना तत्कालीन अवस्थामा प्रवचन दिनका लागि बनाइएका सभाहल जस्ता ठूलाठूला कोठा रहेका छन्,’ उप्रेतीले भने, ‘४५ मिटर लम्वाइ र ३४ मिटर चौडाइमा भवन फैलिएको देखिन्छ । यसबाट तत्कालीन समयमा ठूलो भवन थियो भन्ने अनुमान लगाउन सकिन्छ ।’ अहिलेको प्रारम्भिक उत्खनन र त्यसबाट प्राप्त संरचनाबाट अहिले नै कोलिय गणराज्यको दरबार क्षेत्र भनेर मान्न सकिने अवस्था नरहेको उनी बताउछन् । कोलिय राज्यको संरचना पुष्टि हुन अहिले देखिएका इँटाभन्दा धेरै अगाडिका संरचना र वस्तु प्राप्त हुनुपर्ने उप्रेतीको भनाइ छ ।
‘लुम्बिनी, कपिलबस्तु भन्दा पनि पुरानो क्षेत्र गोटिहवा इसापूर्व १३औँ सताब्दीको त्यस समयका खैरा रङ्गका चिल्ला माटाका भाँडा, कालो पालिस गरेका तत्कालीन अवस्थामा राजपरिवारले प्रयोग गर्ने माटाका भाँडा पाइए भने मात्र हामी बुद्धको समयसम्म पुग्न सक्छौंँ,’ उहाँले भने, ‘यस्ता माटाका भाँडा तथा दियोका टुक्रा रातो र बालुवा चम्कने खालका बुद्धकालीन वस्तु अन्तत्र पाइएका छन् । यही समयको हो भनेर पुष्टी गर्न यसअघि फेला परेका इँटासँग तुलना गरेर केही कोइलासमेत सङ्ङ्कलन गरेका छौँ । तिनको अध्ययन गरेर मात्र थप प्रमाणित गर्न सकिन्छ ।’
यस पटकको उत्खनन र अध्ययनबाट अहिले फेला परेका वस्तु १४औँ शताब्दीभन्दा पछिका नभएर त्यस अघिकै हुनसक्ने उप्रेतीले बताए । देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले यसपटक अधुरो रहेको उत्खनन कार्यलाई आगामी वर्ष पनि लुम्बिनी विकास कोषसँगको सहकार्यमा निरन्तरता दिइने बताए । उनले उत्खनन गरिएको क्षेत्र तथा अन्य प्राचीन ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी नगरपालिकाले लिने बताए ।
Comments
अरु समाचार
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला आजदेखि सुरु
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज...
-
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन
काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा...
-
चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल...
-
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण
काठमाडौं । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ...
-
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन...
-
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
काठमाडौं । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी,...
-
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...