७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ
काठमाडाैँ । दाङ, तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ।
बिहीबार मध्यराति तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियाे। प्रहरीका अनुसार बलात्कार गरिरहेकै अवस्थामा दुईजना युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन्।
उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ हाउसमा राखिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।
Comments
अरु समाचार
-
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका...
-
नेपाल एयरलाइन्सको भैरहवा–दुबई उडान भोलिदेखि
भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले...
-
प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
काठमाडौं । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवानले प्रहरी हिरासतमै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।...
-
लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका...
-
स्कर्पियोले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते
काठमाडौं । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका...
-
पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...