लुम्बिनी सरकारमा नवनियुक्त मन्त्रीको शपथ आज
काठमाठौं । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गराएका हुन् । बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्री तिमिल्सीना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ ।
मुख्यमन्त्री आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।
शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, सत्ता साझेदार दल कांग्रेसका दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा (माओवादी केन्द्र) का दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायतको सहभागिता थियो ।
Comments
अरु समाचार
-
युवाहरु सडकमा उत्रिन सरकारको अनुमति पर्दैनः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले...
-
‘उत्साहजकरुपमा हुँदैछ मतदाता नामावली संकलन’
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली संकलन कार्य तीव्र गतिमा जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता...
-
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा गएराति...
-
मन्त्रिपरिषद् बैठकका पछिल्ला १३ निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना...
-
किन पक्राउ परे एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा ?
काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाह सम्वन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले शेर्पालाई...
-
राजदूत फिर्ता बोलाउने विषयमा सरकार अडिग
काठमाडौं । राजदूत फिर्ता बोलाउने विषयमा सरकार अडिग रहेको छ । अर्को व्यवस्था नभएसम्म परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी आउन पत्राचार...
-
‘फागुन २१ को निर्वाचन युवा पुस्ता आन्दोलनको उपलब्धि”
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताएका छन्...
-
वैशाखकाे अन्तिम साता १५औं महाधिवेशन गर्ने कांग्रेस संस्थापन पक्षकाे प्रस्ताव
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख महिनाको अन्तिम साता गर्ने प्रस्ताव अघि सारेको छ। सोमबार नयाँ...
-
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार...












