ताजा समाचार

भारत र पाकिस्तानसँग भिड्ने नेपाली टिम घोषणा

काठमाडाैँ । आसन्न एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो ।

टिममा स्पीनर श्याम ढकाल र ब्याटर सन्दीप जोराले कमब्याक गरेका छन् भने अन्य खेलाडीहरू पुरानै छन् । श्याम ढकालले अहिलेसम्म नेपाली टिमबाट डेब्यू गरेका छैनन् ।

 

नेपाली टिमः
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनायारण राजवंशी, श्याम ढकाल, किशोर महतो, प्रतिश जिसी, दीपेन्द्रसिं ऐरी र अर्जुन साउद ।

नेपाली टिम अब पाकिस्तानतर्फ लाग्नेछ । त्यहाँ उसले अभ्यास गरेपछि ३० अगस्टमा पाकिस्तानसँग मुल्तानमा एसिया कपकाे पहिलाे खेल खेल्ने छ । ४ सेप्टेम्बरमा श्रीलंकाकाे क्यान्डीमा भारतसँग खेल्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org