पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने
काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताउनुभएको छ ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताउनुभएको हो । ‘पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छाैँ’, आचार्यले भन्नुभयो, ‘नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।’
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि केन्द्र सरकारलाई केही समय कुरौँ र आग्रह गरौँ, यदि केन्द्रले वास्ता नगरे प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने आश्वाशन दिनुभएको जानकारी पनि प्रमुख आचार्यले दिनुभयो ।
पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्नेमा उहाँको जोड छ ।
पर्यटकीय राजधानी घोषणासँगै यहाँका होटेलको स्तरोन्नति गर्नुपर्नेमा आचार्यको जोड छ । पर्यटकलाई चाहिने पाँच तारेदेखि साना होटल घरजस्तो नभइ होटलजस्तो बनाउनुपर्नेमा उहाँले आग्रह गर्नुभयो । पर्यटकको बसाईं लम्ब्याउन पनि यहाँका पर्यटन व्यवसायीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी भएको भनाइ उहाँको छ । पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्नेमा उहाँको जोड छ ।
संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई त्यस क्षेत्रका बारेमा बुझाउन नसक्दा उनीहरु गाइड बिना नै पदयात्रा गर्दा हिमाली क्षेत्रमा पर्यटक हराउनुका साथै मृत्यु समेत हुने गरेको बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रुपमा घुम्ने वातावरण बनाए उनीहरुले आफ्नो बसाईं थप लम्ब्याउनुका साथै अर्को पटकसमेत घुम्न आउन सक्ने बताउनुभयो ।
सङ्घका प्रदेश अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार दीपक परियारलाई सम्मान गरिएको हो । साथै अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ
Comments
अरु समाचार
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला आजदेखि सुरु
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज...
-
बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन
काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा...
-
चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल...
-
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण
काठमाडौं । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ...
-
बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन...
-
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
काठमाडौं । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी,...
-
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...