केपी ओलीको खरो टिप्पणीः वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै छैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन् । नेकपा एमाले मुख्यालयमा आज छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको शपथ खुवाएपछि सम्वोधन गर्दै ओलीले भने, ‘यो सुन तस्करी वर्तमान सरकारले नगराएको भए कसले गरायो रु साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ । तपाईंको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ । के त्यसमा किलोकिलो सुन हालेको हुन्छ रु अनि एउटा आइटममा क्विन्टल सुन आउँदा सजिलै पास हुन्छ, के हो त्यो रु’
यो सरकारका पालामै तीन हजारभन्दा बढी केजी सुन तस्करी भएको उनको भनाइ छ । ‘त्यसका पछि को छ रु यहाँ सत्ता संरक्षित अन्तर्राष्ट्रिय गिरोह छ’, ओलीले भने, ‘त्यही भएर हामीले निष्पक्ष छानबिन गर्न आयोग बनाऔं भनेको हो । त्यही कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन ।’उनले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाए । ‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ रु तस्करहरुलाई डेमोक्रेसीको मतलब छ रु हामीलाई छैन रु यस्तो पनि हुन्छ’, ओलीले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन् । हामी देशलाई समृद्धिको दिशामा अघि बढाउन खोजिरहेका छौं ।’
ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए । ‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्विन्टल सुन हुने रहेछ । विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि रु ब्रेक शु भनेर पनि ल्याएकै छ । सिगरेट भनेको छ, त्यसमा पनि ल्याएको छ’, ओलीले भने, ‘जेमा पनि सुन ल्याएको छ । अनि अब सबैका फाइल खोलिन्छ भनेर त्यही सरकार हल्ला चलाउँछ ।’ उनले माओवादीलाई एउटा डफ्फाको संज्ञा दिए । ‘माओवादीको एउटा डफ्फा छ । त्यो डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो’, उनले भने, ‘बदमासी काम गर्ने अनि हल्ला अर्कोतिर चलाइदिने । नेपालीहरु भनेका सोझा जातका छन् । हल्लाका पछि कुद्छन् । उनीहरुका मान्छेले प्रायोजित हल्ला चलाउँछन् ।’
अहिले नेकपा एमालेले संसद चल्न दिएन भनेर हल्ला चलाउने कामसमेत माओवादीले गरेको ओलीको भनाइ थियो । ‘हामीले त यो तस्करी रोक्नुपर्यो भनेको हो । विमानस्थलबाट त सियो पनि छिर्न सक्दैन । त्यस्तो ठाउँबाट क्विन्टलका क्विन्टल सुन कसरी छिरेर आउँछ रु १ सय केजी सुन समातियो भनेको तपाईं हामी सबैले सुन्यौं नि’, उनले भने, ‘अहिले त ६० केजीमा झरिसक्यो । २ सय डिग्री सेल्सियसमा पग्लिने सुन के त्यसै पग्लिएर सकियो त रु देश लुट्ने काम भैरहेको छ ।’
ओलीले तस्करीमा कुरा नमिलेपछि बेलाबखत वर्तमान सरकारले सुन समात्ने गरेको बताए । ‘कहिलेकहिले केही नमिल्दा टक्रक्क समातिएको सुनको परिणाम त त्यत्रो छ भने कति सुन तस्करी भैरहेको होला रु’, उनले प्रश्न गरे, ‘हामीले यस्तो अवस्थामा तस्करी रोकौं, भ्रष्टाचार रोकौं, छानबिन समिति बनाऔं भन्दा सरकार छानबिन समिति बनाउन तयार छैन ।’
उनले आफूले भनेको निर्देशन मान्ने पुलिस राखेर छानबिन गर्ने षड्यन्त्र सरकारले गरेको पनि आरोप लगाए । ‘यसरी कसरी छानबिन हुन्छ रु एसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ । त्यसलाई त एसएसपीले यसो यसो गर भनेर निर्देशन दिएपछि मानिहाल्छ नि ?’, उनले भने । अध्यक्ष ओलीले विमानस्थलमा मेशिनले सुन रोक्ने र मान्छेले छाड्ने गरेको बताए । ‘तलको कर्मचारीले हेर्नुपर्छ, खोल्नुपर्छ भन्छ । माथिको हाकिमले छाडिदे भन्छ । त्यसै गरेर त बाहिर आएको हो नि यत्रो सुन’, उनले भने, ‘१ सय किलो भनिएको सुन पनि विदेशी शक्तिले दबाब दिएपछि समातिएको हो । यस्तो खालको स्थिति छ ।’
संसद माओवादीको झूट, बेइमानी, फट्याइँका कारण अवरुद्ध भैरहेको उनको भनाइ थियो । ‘संसद माओवादीको बकवास गर्ने थलो भएको छ’, उनले भने, ‘नचाहिने कुरा गर्ने थलो बनाएका छन् । संसद भनेको जनताको कुरा सुन्ने ठाउँ हो । देशका समस्या के छन्, देशको विकास कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने थलो हो संसद । त्यहाँ भलादमी जनप्रतिनिधि होइन अर्कै प्रकारका जनप्रतिनिधि भेला भएका छन् जस्तो देखिन्छ । तिनको शैली र व्यवहारले संसदलाई नै प्रदूषित बनाएको छ ।’
संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै नदिएको उनले आरोप लगाए । ‘भ्रष्टाचारी, सुन तस्करीका बारेमा बोल्नै दिँदैन । साढे ९ केजी सुन गायब भएकोबारेमा बोल्नै दिँदैन । क्विन्टल सुन ६१ किलोमा कसरी झर्यो, त्यो भन्नै दिँदैन’, ओलीले भने ‘यस्तो संसद सायद दुनियाँमा कतै छैन ।’
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...