फोहोर फाल्न रोक लगाउने बञ्चरे डाँडाबासीको चेतावनी
काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै स्थानिय बासी पुनः आन्दोलित भएका छन् । संघीय सरकार र काठमाडौं माहानगर पालिकाले सम्झौता कार्यन्वयन नगरेको भन्दै आगामी असोज एक गते बाट फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडामा काठमाडौ सहित उपत्यकाका १८ वटा स्थानिय तहले फोहोर फाल्दै आएका छन् ।
स्थानियबासीले ‘फोहोर र मानिस सँगै बस्न नसकिने भन्दै यहाँबाट स्थानान्तरणको माग राखेका छन् ।फोहोरको सही ढंगले व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गराएको तर कार्यान्वयन नभएको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताएका छन् ।
फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे। त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए।
‘सिसडोलको अवस्था पनि त्यस्तै छ। बञ्चरेडाँडामा पनि व्यवस्थित तरिकाले फोहोर फालिएको छैन। सिसडोलकै शैलीमा थुपारिएको छ। जसका कारण यो तीन महिना हामीले ज्यादै नै सास्ती व्यहोर्नुपर्यो। खेतबारीमा बालीनाली लगाउने अवस्था छैन। फोहोरको दुर्गन्धले मानिसको स्वास्थ्य त बिग्रँदो छ नै, पशुचौपायाको अवस्था पनि नाजुक बन्दै गइरहेको छ,’ उनले भने, ‘सधैँ यही कुरा गरेर आन्दोलित भइरहनुभन्दा असोज १ गतेबाट फोहोर फाल्न पूर्ण रूपमा रोक लगाउन लागेका हौं।’
उनले यसबीचमा २७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताए।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।
दीर्घकालीन ल्यान्डफिल साइट भनिए पनि फोहोर र लिचेट फोहोर कुहिएर बग्ने हानिकारक रसायन को सही ढंगले व्यवस्थापन हुन नसकेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...