ताजा समाचार

फोहोर फाल्न रोक लगाउने बञ्चरे डाँडाबासीको चेतावनी

काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै स्थानिय बासी पुनः आन्दोलित भएका छन् । संघीय सरकार र काठमाडौं माहानगर पालिकाले सम्झौता कार्यन्वयन नगरेको भन्दै आगामी असोज एक गते बाट फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बञ्चरेडाँडामा काठमाडौ सहित उपत्यकाका १८ वटा स्थानिय तहले फोहोर फाल्दै आएका छन् ।

स्थानियबासीले ‘फोहोर र मानिस सँगै बस्न नसकिने भन्दै यहाँबाट स्थानान्तरणको माग राखेका छन् ।फोहोरको सही ढंगले व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गराएको तर कार्यान्वयन नभएको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताएका छन् ।

फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको गुनासो गरे। त्यस्तै धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको उनले बताए।

‘सिसडोलको अवस्था पनि त्यस्तै छ। बञ्चरेडाँडामा पनि व्यवस्थित तरिकाले फोहोर फालिएको छैन। सिसडोलकै शैलीमा थुपारिएको छ। जसका कारण यो तीन महिना हामीले ज्यादै नै सास्ती व्यहोर्नुपर्‍यो। खेतबारीमा बालीनाली लगाउने अवस्था छैन। फोहोरको दुर्गन्धले मानिसको स्वास्थ्य त बिग्रँदो छ नै, पशुचौपायाको अवस्था पनि नाजुक बन्दै गइरहेको छ,’ उनले भने, ‘सधैँ यही कुरा गरेर आन्दोलित भइरहनुभन्दा असोज १ गतेबाट फोहोर फाल्न पूर्ण रूपमा रोक लगाउन लागेका हौं।’

उनले यसबीचमा २७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको बताए।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

दीर्घकालीन ल्यान्डफिल साइट भनिए पनि फोहोर र लिचेट फोहोर कुहिएर बग्ने हानिकारक रसायन को सही ढंगले व्यवस्थापन हुन नसकेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org