भूकम्पबाट मोरक्कोमा दुई हजार भन्दा बढिको मृत्यु
काठमाडौं । मारक्कोेमा भूकम्पका कारण दुई हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरीकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमीटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार ११ बजे आएको भूकम्पको गहिराई १८.५ किलोमिटर रहेको बताइएको छ ।
शनिबार रातिसम्म १ हजार २ सय जना घाइते रहेको अल जजिराले उल्लेख गरेको छ । मोरक्कोका आन्तरीक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरु पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ । भूकम्पबाट ठूलो संख्यामा मानिसहरु घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानिय सञ्चार माध्यमले जानाएका छन् । यस्तै घाइतेहरुको उपचारका लागि सरकारी अधिकारसहित स्वयंसेवक खटिरहेका छन् ।
भूकम्पका कारण मोरक्कोमा भएको क्ष्यतिप्रति दुःख व्यक्त गर्दै थुप्रै देशका प्रमुखहरुले समवेदना प्रकट गरेका छन् । युक्रेनाका राष्ट्रपति भोलोदिमिर जेलेन्कीले उक्त घटना प्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै घाइतेहरुको शीघ्र स्वस्थ्यलाभको कामना पनि गरेका छन् । साथै मोरक्कोले व्यहोर्नुपरेको पीडाप्रति युक्रेनले समवेदना प्रकट गरेको जेलेन्स्कीले जनाएका छन् ।
टर्कीका राष्ट्रिपति रेसप तैय्यप एर्दोगानले मोरक्कोलाई सहयोगको घोषणा गरेका छन् । उनले सहयोगका लागि आफूहरु तयार रहेको भन्दै घटनाप्रति दुःख व्यक्त गर्दै सहयोग उपलब्ध गराउने बताएका छन् । मोरक्को भूकम्पप्रति दुःख र समवेदना व्यक्त गर्दै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ, बाइडेनले उल्लेख गरेका छन् । यस्तै चिनियाँ राष्ट्रिपति सी चिनफिङले पनि मोरक्कोलाई समवेदना सन्देश पठाएका छन् ।
यस्तै रेडक्रसको अन्तराष्ट्रिय महासंघले मोरक्कोमा २४ देखि ४८ घण्टाको अवधिमा आपत्कालिन उद्धार टोली खटाउन सकिने जनाएको छ । यसैबिच मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा भने नभएको सरकारले जनाएको छ । भूकम्पपछि दर्जनौं परकम्पहरु गए पनि त्यसले सुनामी निम्त्याउने प्रक्षेपण गरिएको छैन् । मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिसालि भूकम्पले ठूलो क्षति पुर्याएका थिए । २००४ मा शक्तिसाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६०को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
म्यानमारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
काठमाडौं । म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा शव...
-
“मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल”
मस्को । उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको...
-
इजरायली हमलामा गाजामा ७० को मृत्यु
काठमाडौं । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल...
-
भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै
काठमाडौं । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी...
-
इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
काठमाडौं । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
-
फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार
काठमाडौं । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक...
-
हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि...
-
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा १४७ जनाको मृत्यु
काठमाडौं । उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४७ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएको...
-
इजरायली सेनाद्वारा बुधबार बेरुतमा आक्रमण
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको...