प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन सबै दलहरु एकमत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल बनाउनेमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरु एकमत भएका छन्।
आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भ्रमण सफल बनाउनेबारे सहमति भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।
असोज पहिलो साता हुने आफ्नो चीन भ्रमण र भ्रमणका अजेन्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा पूर्व प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दल नेता र प्रतिनिधिहरु सहभागी थिए।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउनेबारे दलहरुमा साझा सहमति भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका सभापति तथा प्रतिनिधि, पूर्व परराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरेर आशन्न चीन भ्रमणका बारेमा गम्भीर छलफल भएको छ। अहिलेको सन्दर्भमा संयुक्त राष्ट्रसंघमा या चीन भ्रमणका सन्दर्भमा पनि गर्नु पर्ने आवश्यक तयारी राख्नु पर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा महत्त्वपूर्ण सुझाव र सल्लाह दिनु भएको छ।’
बैठकबाट प्रधानमन्त्रीको भ्रमणबारे महत्त्वपूर्ण सुझावहरु प्राप्त भएको र सुझावहरुलाई सरकारले महत्त्वका साथ लिएको मन्त्री साउदको भनाइ छ। ‘प्रधानमन्त्री ज्यूले आमन्त्रित सम्पूर्ण दललाई धन्यवाद दिनुभएको छ।
उहाँहरुले दिनुभएको सल्लाह सुझावलाई सरकारले अत्यन्तै महत्त्वपूर्ण रुपमा लिएको छ,’ साउदले भने, ‘आसन्न भ्रमण सफल बनाउने क्रममा नेपालको सबै राजनैतिक तह तप्कामा सहमति भएको छ।’
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...