६० किलो सुन तस्करी प्रकरणबारे छानबिन आयोग गठन प्रक्रियाअघि बढ्यो
काठमाडौं । सरकारले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन प्रक्रिया अघि बढाएको छ ।
भदौ ६ गते संसदमा रहेका सात दलबीच भएको सुन तस्करीको छानबिन सम्बन्धी दुई बुँदे आयोग अनुसार छानबिन समिति गठन प्रकृया अगाडी बढाइएको हो ।
। जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रिया अघि बढेको जानकारी गराएका हुन् ।
‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले संसदलाई संबोधन गर्दै भने ।
साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनबारे थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । सीआईबीले अध्ययन सकाएसँगै उच्च स्तरीय छानबिनको प्रक्रिया अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराएका हुन् ।
गृहमन्त्री लगायत सरकारका पदाधिकारी संलग्न रहेको र (सीआइबी)ले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै संसदको प्रमुख प्रतिपक्ष दल एमालेले छानबिन आयोगको माग राख्दै लामो समय संसद बैठक अवरुद्ध गरेपछि सरकार आयोग गठन गर्न सहमति भएको थियो ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...