विद्यालयमै सुरक्षित छैनन् विद्यार्थी, प्राधानाध्यपबाट निर्घात कुटिए विद्यार्थी
काठमाडौं। सिरहा नगरपालिका–१२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापक लगायतले कार्यालयमै थुनेर निर्घात कुटपिट गरेको खुलेको छ । गत मंगलबार कक्षा ९ मा पढ्ने १६ वर्षीय मो.समीर राइनलााई कक्षा कोठामै कुटपिट भएको हो ।
निर्घात कुटपिटबाट घाइते समीरको सिरहा स्थित प्रदेशीक अस्पतालमा उपचारपछी अहिले घरमा आराम गरिरहेका छन् । घटनापछि उनि विद्यालय गएका छैनन् । समीरका अनुसार गत मंगलबार दिउँसो ३ बजेतिर कक्षाकोठामै पढिरहेका बेला कार्यालय सहयोगीले बोलाएर उनलाई स्टाफ कोठामा लगेका थिए । मलाई स्टाफ कोठामा लगेर गएपछि प्रधानाध्यपक जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यलय सहयोगी जयनारायण मण्डलले ढोका थुनेर एक घण्टासम्म निर्घात कुटिरहे, समिरले भने , बढि बुझ्ने भइस भन्दै पाइप मुक्कालगायतले तीनै जनाले एकोहोरो कुटिरहे । विद्यालय छुट्टि भएपछि मात्र घाइते अवस्थामा ल्याएर छोडेको उनले बताए ।
समीरका बुबा मो.अकबर मियाँका अनुसार कुटाई अनुहार , टाउको , पिठ्युँ, छाती , खुट्टालगायत शरीरको विभिन्न भागमा नीलडाम र चोट लागेको छ । उनको मंगलबार राति सिरहास्थित प्रदेशीक अस्पतालमा उपचार पछि घरमै राखिएको छ । अहिले पनि टाउको दुखिरहेको छ, समिरले भने शरीर कामिरहेको छ , टाउको घुमिरहेको छ , अब त विद्यालय जान डर लागिरहेको छ ।
यस अघिका प्रधानाध्यापकको सरुवा हुँदा समीरको नेतृत्वमा विद्यार्थीले विरोध गरेको विद्यालय मातहतमा रहेको सारस्वरनाथ गुद्री हटिया ठेक्काको विषयमा आफुले चासो राख्दा छोरामाथि कुटपिट गरेको अकबरको आरोप छ ।
प्रधानाध्यापक जयचन्द्र यादवले परिस्थितिवश त्यस्तो हुन गएको बताए । उनलाई गुरुको हिसाबले सजाय दिएको हँु परिस्थिति यस्तो बन्यो कि उनीमाथी यस्तो भयो , घटनालाई अन्यत्र नमोडौंm मलाई सहयोग गर्नुस प्रअ यादवले भने । अकबरले प्रधानाध्यापक जयचन्द्र , लेखापाल जितेन्द्र र कार्यलय सहयोगी जयनारायणलाई कारबाही माग गर्दै बुधबार प्रहरीमा जाहेरी दिएका छन् ।
सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबा लिम्बुले घटनाबारे बुझ्ने काम भइरहेको र आइतबार विद्यालय प्रशासन र विद्यार्थीका अभिभावकलाई बोलाए ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...