ताजा समाचार

एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ ।

बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेको मतदान प्रक्रियामा एक जनाले झन्डै आधा घण्टा खर्चिएका छन् । यो स्थितिलाई हेर्दा बेलुका ८ बजेसम्म मतदान सकिने आकलन गरिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक राम रिमालले बताए ।

ओलीले मतदानका लागि झन्डै ५५ मिनेट समय लगाएका थिए । अहिलेसम्म झन्डै ३ सय २० मत खसेको जनाइएको छ । नतिजा मतदान सकिएको दुई घण्टामा आउने रिमालको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org