ताजा समाचार

‘हिमालय मातृभूमी फाउण्डेशन’ काे आगामी बिहीबार काठमाडौंमा उद्घाटन गरिँदै

काठमाडौं । अगामी असोज ११ गते बिहीबार ‘हिमालय मातृभूमी फाउण्डेशन’ नामक सामाजिक संस्थाको उद्घाटन गरिने भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित एक कार्यक्रममा उक्त संस्थाको विधिवत उद्घाटन गरिने भएको हो ।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कार्यक्रममा फाउण्डेसनको समुद्घाटन गर्नु हुनेछ । यस्तै ‘सुुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ को अवधारणा -पत्र पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।

दिउँसो १ बजेदेखि हुने कार्यक्रममा सरोकारवाला तथा विज्ञ, पत्रकार लगायत सहभागी हुने अध्यक्ष टीकाराम पुरीले न्यूज नेपाललाई जानकारी दिनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org