बझाङ भूकम्पमा घाइते भएकाको शीघ्र उद्धार गर्न र उपचारमा केन्द्रित हुन एमाले महासचिव पोखरेलको आग्रह
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुदूरपश्चिमको बझाङ केन्द्रविन्दु भएर गएको भुकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घाइते भएकाको शीघ्र उद्धार गर्दै उपचारमा केन्द्रित हुन सरकारलाई आग्रह गरेका हुन् ।
प्रभावित क्षेत्रको क्षतिको तथ्यगत रिपोर्ट संकलन गरी राहत र उद्धारको काममा यथाशीघ्र जुट्न आवश्यक भएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् । एमालेका स्थानीय पार्टी कमिटीहरुलाई स्थानीय प्रशासनको संयोजनमा परिचालित हुन पोखरेलले आग्रह गरेका छन् ।
सुदुरपश्चिम प्रदेशस्थित वझाङ जिल्लाको चैनपुर आसपास केन्द्रविन्दु रहेको भुकम्पका कारणले नीजि घर तथा विद्यालयहरुमा क्षति पुगेको छ । यस्तै कयौ व्यक्तिहरु घाइते भएका प्रारम्भिक विवरणहरु प्राप्त भएका छन् । भूकम्पपछि विभिन्न ठाउँमा गएको पहिरोको कारणले आवागमन समेत अवरुद्ध भएको खबर प्राप्त भएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् ।
मंगलवार बझाङ जिल्लालाई केन्द्र बनाई आएको ६.३ रेक्टरको भुकम्पका कारण बझाङ,बाजुरा, अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लाहरुमा क्षति पुगेको जनाइएको छ । भूकम्पको धक्का दुई पटक महसुस गरिएको थियो। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसको करिब २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।
Comments
अरु समाचार
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...