ताजा समाचार

इजरायलमा सम्पर्कविहीन तथा घाईते भएकाको शीघ्र खोज तथा उद्धार गरियोस् : कोशी प्रदेशसभा सदस्य लिंथेप

संखुवासभा । कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिंथेपले इजरायलमा सम्पर्कविहीन तथा घाईते भएका विद्यार्थीहरूको शिघ्र खोज तथा उद्धार गर्न आग्रह गरेका छन्। लियेपले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै इजरायलमा युद्धको चपेटामा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रदेशसभा सदस्य लिंथेपले नेपाल फर्कन इच्छुक नेपाली र निधन भएका नेपालीहरुको शव फिर्ता गराउने कार्यका लागि नेपाल सरकार र इजरायलस्थित नेपाली राजदुतावासलाई आग्रह पनि गरेका छन् । संखुवासभा जिल्लाबासी कोही इजरायलमा समस्यामा परेका भए तत्काल सम्पर्कमा आउन पनि उनले भनेका छन् ।

दक्षिण इजरायलको किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट दिवंगत भएका नेपालीप्रति प्रदेशसभा सदस्यले लिंथेपले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। यस्तै उनले शोकसंतप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यस्ता अमानवीय घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित देशहरु र अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रलाई पनि प्रदेशसभा सदस्य लिंथेपलेआग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org