ताजा समाचार

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित निकालेको छ। श्रीलंकामा जारी प्रतियोगितामा नेपालले बुधबार अफगानिस्तानमाथि ३–२ को जित निकाल्दै दोस्रो जित निकालेको हो ।

पहिलो सेट नेपालले २५–१९ ले जितेर राम्रो सुरूवात गरेको थियो। तर नेपाल दोस्रो सेटमा १९–२५ र तेस्रो सेटमा २२–२५ ले पराजित भएपछि अफगानिस्तानले खेलमा २–१ को अग्रता लिएको थियो।

चौथो सेट नेपालले २५–२१ ले जितेर खेललाई बराबरीमा ल्यायो। पाँचौ तथा निर्णायक सेटमा १५–१० को जित निकालेसँगै खेल नेपालले ३–२ ले जित्न सफल भयो।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको थियो। दोस्रो खेलमा भने नेपाल आयोजक श्रीलंकासँग ३० ले पराजित भएको थियो।

अब नेपालले साउदी अरेबियासँग असोज २५ तथा उज्वेकिस्तानसँग असोज २७ मा खेल्नेछ।

राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन्। फाइनल र तेस्रो स्थानको खेल असोज २८ मा हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org