ताजा समाचार

एसीसी यू-१९ प्रिमियर कपः नेपालले दियो इरानलाई ३५४ रनको लक्ष्य

काठमाडाैँ । यू १९ एसीसी प्रिमियर कपमा नेपाली युवा टोलीले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको हो ।

नेपालका लागि कप्तान देव खनालले सानदार शतक प्रहार गरे । उनी शतक हानेलगत्तै आउट भएका थिए । ६० बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे ।

यो देवको दोस्रो शतक हो । उनले गत फागुमा आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १२५ रनको शतकीय इनिङ खेलेका थिए ।

यस्तै नेपालका लागि दीपक डुम्रेले ६९ रन बनाए भने दीपक बोहराले ६५ रन बनाए । हेमन्त धामीले २३ र सुवास भण्डारीले १८ रन बनाए । यस्तै आकाश चन्दले १९ रन बनाए ।

इरानका लागि ड्याड्रम्या रैइसी र सलमान निज्मतले तीन/तीन विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org