ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदै छ ।

प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org