बालकुमारीमा प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति एमालेको गम्भीर ध्यानाकर्षण : प्रचार विभाग प्रमुख गौतम
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारसँग माग गरेको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका छन् ।
‘प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति एमाले भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विनाभेदभाव परिक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’ साथै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न पनि एमालले अपिल गरेको छ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग एमालेको माग छ ।
शुक्रवार मध्यान्हमा रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले अश्रुग्यास प्रहार गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह गरी २ जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइतेसमेत भएका छन् ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...